एन आई सी एशिया बैंकमा सहायक कार्यकारी प्रमुखको नियुक्ती

2017-05-24

काठमाडौं, २०७४ जेष्ठ ०९ गते

नेपालको बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गर्दै राष्ट्रको समग्र बैंकिङ विकास, वित्तीय क्षेत्रमा सर्वसाधारण जनताको पहुँचको अभिवृद्धि, सम्पूर्ण सरोकारवालाहरुको अपेक्षा बमोजिमको कार्य सम्पादन गर्न सफल यस एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो कार्यकुशलतामा थप निखार ल्याउन श्री रोशन कुमार न्यौपाने तथा श्री सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुनु हुन्छ । उहाँ करिब १० वर्ष अगाडी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गर्नु भएको हो । न्यौपाने बैंकिङ क्षेत्रमा नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नयाँ उचाईसम्म पु¥याउनु पर्छ भन्ने मान्यता राख्नु हुन्छ ।

Download:

एन आई सी एशिया बैंकमा सहायक कार्यकारी प्रमुखको नियुक्ती

Last visited : 2017-06-15 nicasia.com : http://www.nicasiabank.com/retail/loans/auto-loan
Top