एन आई सी एशिया बैंकको नयाँ शाखा मोरङ्गको लेटाङ्गमा

02.11.2018

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय लेटाङ्ग नगरपालिका वडा नं ४, मोरङ्ग स्थित लेटाङ्ग शाखाको नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक श्री भिष्मराज ढुंगानाज्यूबाट आज मिति २०७५ कात्तिक १६ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । उदघाटन समारोहका प्रमुख अतिथी श्री ढुंङ्गानाज्युले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याएको जनाउनु भयो । उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतज्यूले उपस्थित अतिथीज्यूहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।  

NIC ASIA