एन आई सी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

04.01.2019

एन आई सी एशिया बैंक लि.ले सञ्चालनमा ल्याएको दमक फाल्गुनन्द चोक वडा नं १, झापा स्थित फाल्गुनन्द चोक शाखाको एन आई सी एशिया बैंकका संचालक श्री राजेन्द्र प्रसाद अर्यालज्यूबाट आज मिति २०७५ पौष २० गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । उदघाटन समारोहमा श्री अर्यालज्युले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी जनाउनु भयो 

NIC ASIA