एन आई सी एशिया बैंक र सी.पी. हस्पिटल, धनगढीबीच सम्झौता

25.06.2019

एन आई सी एशिया बैंक लिमिटेड र सी.पी. हस्पिटल, प्रा.लि. धनगढी, चटकपुरबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख श्री टेकराज भट्ट र सी.पी. हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक श्री विकास मौनीज्यूले हस्ताक्षर गर्नुभयो ।

NIC ASIA