एन आई सी एशिया बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता

12.08.2019

एन आई सी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एन आई सी एशिसा बैंकका ग्राहक महानुभावहरुले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपानेज्यू र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्री सुमन रायमाझीज्यूले हस्ताक्षर गर्नुभयो । 

NIC ASIA