एन आई सी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवलबीच सम्झौता

13.08.2019

एन आई सी एशिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रा.लि. बुटवल, रुपन्देहीबीच एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख श्री तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक श्री गोपाल प्रसाद श्रेष्ठज्यूले हस्ताक्षर गर्नुभयो । 

NIC ASIA