एन आई सी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता

22.08.2019

एन आई सी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गलगायत एन सी एच एल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र सगरमाथा इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीज्यूले हस्ताक्षर गर्नुभयो । 

NIC ASIA