एन आई सी एशिया बैंककोे नयाँ शाखा रोल्पाको लिवाङमा

01.09.2019

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालनमा आएको छ । रोल्पा जिल्ला, रोल्पा नगरपालिका वडा नं ४ स्थित लिवाङ शाखा यही भाद्र १३ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस लिवाङ शाखाकोे समुद्घाटन रोल्पा नगरपालिकाका मेयर श्री पूर्ण केसीज्यूले गर्नुभयो । 

NIC ASIA