एन आई सी एशिया बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा

17.09.2019

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यान जिल्ला, शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा यही भाद्र ३१ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस श्रीनगर शाखाकोे समुद्घाटन शारदा नगरपालिकाका मेयर श्री सुरेश अधिकारी ज्यूले गर्नुभयो । श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

NIC ASIA