प्रेस विज्ञप्ती

27.07.2017

एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा होटल सोल्टी क्राउनप्लाजामा एक भव्य कार्यक्रम आयोजना गरेको छ ।उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष श्री जगदिश प्रसाद अग्रवालज्यू ले कुल १९ कर्मचारी, १ शाखा र करिब रु. ८ करोड चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा नेपालको बैकिङ्ग क्षेत्रमा Nepal Industrial and Commercial Bank प्रवेश गरेको, बैंकले गरेको प्राथमिक शेयर निष्काशनमा ८ गुणा वढि सेयरको लागी आवेदन प्राप्त गरेको, गुणस्तरीय सेवा प्रदान गरे बापत बैंकले ISO 9001:2008 certified भई सो Recognition पाउने एक मात्र वाणिज्य बैंक भएको, अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर २००७ र बैंक अफ द इयर २०१३ अवार्ड बैंकले प्राप्त गरको लगायतका बैंकका ऐतिहासिक पृष्ठ भुमी एवं उपलब्धीहरुका बारेमा जानकारी दिनु भयो । साथै, बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, बैंकका निक्षेप ग्राहक संख्या ५ लाख ५० हजार भन्दा वढि रहेको, बैंकका कर्जा ग्राहक संख्या २५ हजार भन्दा वढि रहेको र बैंकका म्ष्नष्तब िद्यबलपष्लन सेवा लिने सेवा ग्राही संख्या २ लाख ५० हजार नाघेको समेत वहाँले जानकारी गराउनु भयो ।

NIC ASIA