प्रेस विज्ञप्ती

10.01.2018

यस बैंकले मिति १३ पुस २०७४ तदनुसार सन् २८ डिसेम्बर, २०१७ बाट बिक्री खुल्ला गरेको रु.३ अर्ब रुपैंयाँ बराबरको ९ प्रतिशत एन आई सी एशिया डिबेन्चर २०८२ मा बैंकिङ्ग क्षेत्रमा तरलता एवं व्याजदरको तीव्र उतारचढावको वावजुद पनि लगानीकर्ताहरुले उत्साहजनक सहभागिता जनाई पूरै रु.३ अर्ब रुपैंयाँ बराबरको सम्पूर्ण डिबेन्चरका लागि आवेदन गरेकोले उक्त डिबेन्चरको बिक्री मिति २१ पुस, २०७४ तदनुसार सन् ०५ जनवरी, २०१८ मा नै आवेदन लिने कार्य बन्द गरिएकोमा आज मिति २५ पुस २०७४ तदनुसार सन् ०९ जनवरी २०१८ मा बाँडफाँड गरिएको छ । उक्त डिबेन्चरका डिबेन्चरधनीहरुले सोही मितिबाट अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् ।
विगतको दशक देखि बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७
वर्षको अवधिका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिन्छ ।
यस बैंकले जारी गरेको नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर नेपालको पूँजी
बजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा सावित हुने विश्वास लिएका छौं । यसले देशको
पूँजी बजार विकासमा सकारात्मक टेवा पु¥याउने अपेक्षा यस बैंकले लिएको छ ।

NIC ASIA