११% एन आई सी एशिया ऋणपत्र २०८५/८६

24.10.2018

एन आई सी एशिया बैंक लिमिटेडले आज रु.१,००० अंकित दरका ४०,००,००० कित्ताले हुन आउने रु.४ अर्व बराबरको “११% एन आई सी एशिया ऋणपत्र २०८५/८६” निष्कासनको निमित्त नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ । यस अगाडि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाको “११% एन आई सी एशिया ऋणपत्र २०८२/८३” सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बंैकले लिएकोे छ ।
उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा एन आई सी एशिया बैंक लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपि राज पन्त द्वारा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रु.४ अर्व बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रु ३ अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

सुधिर नाथ पाण्डे
सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)

NIC ASIA