एन आई सी एशिया बैंकको नयाँ शाखा मोरङ्गको लेटाङ्गमा

एन आई सी एशिया बैंकको नयाँ शाखा मोरङ्गको लेटाङ्गमा

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय लेटाङ्ग नगरपालिका वडा नं ४, मोरङ्ग स्थित लेटाङ्ग शाखाको नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक श्री भिष्मराज ढुंगानाज्यूबाट आज मिति २०७५ कात्तिक १६ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । उदघाटन समारोहका प्रमुख अतिथी श्री ढुंङ्गानाज्युले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याएको जनाउनु भयो । उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतज्यूले उपस्थित अतिथीज्यूहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।  

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

सुधिर नाथ पाण्डे
सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading