विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एन आई सी एशिया बैंक लिमिटेडले खेलकुद प्रतियोगीतामा समेत आफ्नो सबल उपस्थिती जनाउदै आएको छ । प्राय सबै बैंकिङ्ग परिसुचकहरुमा अग्र स्थान ओगटन सफल यस बैंकले मिती ३० फाल्गुण २०७५ देखि २ चैत्र २०७५, सम्म चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा सम्पूर्ण प्रतिष्पर्धी टिमहरुलाई हराउँदै एन आई सी एशिया बैंकको टिम विजयी भएको छ । पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रा. लि. ले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो । बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरुमा जस्तैः प्प्ह्क्ष् ऋयचउयचबतभ ऋगउ क्ष्लमययच ऋचष्अपभत द्दण्ज्ञड मा प्रथम, ऋभलतगचथ द्यबलप ऋयचउयचबतभ क्गउभच क्ष्हभक ऋचष्अपभत द्दण्ज्ञड मा दोस्रो, त्जभ द्यबलपभच’क ऋगउ द्दण्ज्ञड मा दोस्रो तथा ल्क्ष्ऋ ब्क्क्ष्ब् द्यबलप ऋयचउयचबतभ क्ष्लमययच ऋगउ द्दण्ज्ञठ .मा दोस्रो हुँदै आफ्नो वर्चस्व स्थापित गर्दै आइरहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १४ लाख ५० हजार आदरणीय ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ
अर्जुन राज खनिया
नायब प्रमुख सुचना अधिकारी