एन आई सी एशिया बैंकको ५ नयाँ शाखा साथै थप १ वटा शाखारहित बैंकिङ्ग सेवा उद्घाटन

ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र ४ र रौतहत जिल्लामा १ गरि ५ नयाँ शाखा कार्यालयहरुको साथै थप १ शाखारहित बैंकिङ्ग सेवाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद माननीय श्री नारायण सिलवालज्यूबाट,नार्गजुन नगरपालिका वडा नं.३ ठुलो भ¥याङ्ग स्थित ठुलो भ¥याङ्ग शाखा कार्यालयको बंैकका प्रादेशिक कार्यालय प्रमुख श्री राजेश रावलज्यूबाट, नार्गजुन नगरपालिका वडा नं.६, काठमाडौं स्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ प्रमुख श्री सुबास जोशीज्यूबाट,काठमाडौं महामनगरपालिका वडा नं ७, चाबहिल स्थित चाबहिल शाखाको सोहि वडाका वडा अध्यक्ष श्री शुद्ध कुमार डंगोलज्यूबाट, रौतहत जिल्लाको गुजरा नगरपालिका वडा नं. ९, रौतहत स्थित सिम्राभवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख श्रीमती रौसन खाँतुनज्यूबाट तथा रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. ४, गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवा आज मिति २०७६ वैशाख १५ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन कंचन गाउँपालिका अध्यक्ष श्री गोकर्ण बहादुर क्षेत्रीज्यूले गर्नु भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा श्री लाल बहादुर थापाज्यूलाई नियुक्त गरिएको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ ।  करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

अर्जुन राज खनिया
नायब प्रमुख सुचना अधिकृत 

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading