एन आई सी एशिया बैंक र ग्राण्डी अस्पताल, काठमाडौंबीच सम्झौता

एन आई सी एशिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल प्रा.लि. धापासी, काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ७.५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र ग्राण्डी अस्पतालको तर्फबाट अस्पतालका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख श्री दिनेश पौड्यालज्यूले हस्ताक्षर गर्नुभयो । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९१ शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

 

सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading