मार्तडीमा पहिलो निजी वाणिज्य बैंक

मार्तडीमा पहिलो निजी वाणिज्य बैंक

एन आई सी एशिया बैंक लिमिटेडले ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रमसंगै यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसंगको सहकार्यमा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा  वित्तिय पहुँच तथा सबलिकरणको लागि बैंकिङ्ग सेवा पु¥याएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यतामा एन आई सी एशिया बैंक र यु. के. एड सक्षम एक्सेस टु फाईनान्स (सक्षम)  बीच औपचारिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । एन आई सी एशिया बैंक सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा संचालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको छ । यस अघि ई.सं ६ जुलाई, २०१७ मा उक्त शाखा कार्यालयको प्रारम्भिक उद्घाटन सम्पन्न भएको थियो । शाखा संचालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोली रु ९ लाख ५० हजार निक्षेप संकलन गरेको थियो । सोहि दिनमा नै उल्लेख्य संख्यामा उपस्थित स्थानीय व्यक्तिहरुले शाखामा उपस्थित भई बैंकले देशको दुर्गम भेगमा समेत शाखा कार्यालय खोलेकोमा खुशी प्रकट गर्नुभएको थियो । उक्त शाखामा ई.सं. ६ अगष्ठ २०१७ सम्ममा ३२० वटा निक्षेप खाताहरुबाट रु १५,५०९,००० अक्षरुपी (एक करोड पच्पन्न लाख नौ हजार मात्र)  निक्षेप संकलन भैसकेको छ ।

 

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading