काठमाडौं । एनआइसी एसिया बैंकले २६ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकले १.३७ प्रतिशत नगद लाभांस पनि दिने छ । वोनस सेयर वितरणपछि १५ प्रतिशत हकप्रद सेयर दिने बैंकले जनाएको छ ।
बैंकको अहिले चार अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी छ । बैंकले २६ प्रतिशत वोनस सेयर दिएपछि पुँजी पाँच अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ । वोनस वितरणपछिको पुँजीमा बैंकले १५ प्रतिशत हकप्रद सेयर दिने छ । हकप्रदपछि पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने छ ।
बैंकले २०७४ असार मसान्तभित्र पुँजी ८ अर्ब रुपैयाँ पुर्याइसक्नु पर्छ । वोनस र हकप्रदपछि बैंकले तोकिएको पुँजी पुर्याउन एक अर्ब ३८ करोड रुपैयाँ पुग्दैन ।
बैंकलाई चालु बर्षको नाफाबाट समेत आठ अर्ब रुपैयाँ पुँजी पुर्याउन सक्ने सुविधा छ ।