नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी श्रीमती बिजया स्वारज्यू यस एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको मिति २०७८/०७/१० मा बसेको बैंठकले आजै देखि लागू हुने गरी वहाँलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक श्रीमती बिजया स्वारज्यूले बैंकका सञ्चालक समितिका अध्यक्ष श्री तुलसी राम अग्रवालज्यूबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको छ । फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी वहाँ कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गर्नुभई सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश हुनुभएको थियो । बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको अवसरमा श्रीमती बिजया स्वारज्यूलाई वहाँको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।
सुधिर नाथ पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
Download file for full story:
Download