प्रेस विज्ञप्ति
चैत्र २७, २०७७
सम्माननीय राष्ट्रपतिज्यूद्वारा एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान।
सम्माननीय राष्ट्रपतिज्यूद्वारा एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा मिति २०७७/१२/२७ मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपतिज्यूबाट उक्त विभूषण प्रदान गरिएको हो। साथै, सोही विशेष समारोहका बीच सम्माननीय राष्ट्रपतिज्यूले बैंकका सहायक महाप्रबन्धक श्री रन्जन खड्काज्यूलाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गर्नुभयो । यस सुखद अवसरमा प्रमुख कार्यकारी अधिकृतज्यू र सहायक महाप्रबन्धकज्यूलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट सम्माननीय राष्ट्रपतिज्यू तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गर्दछौं ।
सुधिर नाथ पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
Download file for full story:
Download