एन आई सी एशिया बैंकका सञ्चालक श्री रामचन्द्र संघईज्यू नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित 

एन आई सी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी श्री रामचन्द्र संघईज्यू औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको यस सुखद अवसरमा समस्त बैंक परिवार वहाँलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछ ।

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउदै आउनुभएको वहाँ त्रिवेणी ग्रुपको निर्देशक हुनुहुन्छ । उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याए वापत गत वर्ष नेपाल सरकारले वहाँलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (Commercially Important Person-CIP) सम्मानबाट विभूषित गरेको थियो ।

सुधिर नाथ पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

Download file for full story:

Download
NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading