एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइलको नेपालस्थित आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स प्रा. लि तथा आई एम एस प्रा.लि बीच एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Samsung Galaxy S10/S10 तथा Samsung Galaxy Note10/10+ को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा QR कोड प्रयोग गरी Samsung Galaxy S10/S10+ Samsung Galaxy Note10/10+ खरिद गर्दा प्रत्येक खरिदमा १५% वा अधिकतम रु. ३,०००÷ सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र सामसुङको नेपालस्थित कार्यालय IBIZ का जनरल म्यानेजर श्री प्रणय रत्न स्थापितज्यूले आदानप्रदान गर्नुभयो । यही मंसीर ३० गतेदेखि माघ १७ गतेसम्म लागू हुन यस योजनाबाट बैंकका ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)