एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो भक्भधब खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ । हाल ग्राहक महानुभावहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा इ(बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्नुहुन्थ्यो भने अब “eSewaCounter Deposit” को सेवाबाट पनि eSewa को एजेन्ट तथा ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखामा गई काउण्टरबाट नै eSewa मा रकम जम्मा गर्न सक्नुहुनेछ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत ( प्रमुख सुचना अधिकारी)