एन आई सी एशिया बैंक लिमिटेड र गोरखा डिपार्टमेन्टल स्टोरबीच एन आई सी एशिया बैंकको डेबिट एवं क्रेडिट कार्ड तथा त्तच् कोडमार्फत् सामान खरिद गर्दा प्रत्येक खरिदमा १५% वा अधिकतम रु. १,०००/ सम्म क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार गोरखा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गर्नुहुने बैंकका ग्राहक महानुभावहरुले उपरोक्त छुट प्राप्त गर्न सक्नुहुनेछ । यसैगरी प्रत्येक कार्डवाहकले यो योजना अवधिभर अधिकतम रु ५,००० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । पूर्वाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर गोरखा डिपार्टमेन्टल स्टोरको आउटलेटहरु इटहरी, धरान, दमक, पथरी र विराटचोकमा रहेका छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यू र गोरखा डिपार्टमेन्टल स्टोरको तर्फबाट स्टोरका प्रबन्ध निर्देशक श्री बलराम आचार्यज्यूले हस्ताक्षर गर्नुभयो । आश्विन ११ देखि कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट प्रदेश १ का ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)