ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक र समयानुकुल प्रतिस्पर्र्धी सेवा प्रदान गर्न IVR(Interactive Voice Response)सेवा सञ्चालनमा ल्याएको छ ।
IVR सेवा प्रयोग गर्न ग्राहक महानुभावहरुहरुले यस बैंकको टोल फ्री नम्बर १६६००१७७७७१ डायल गर्नु पर्नेछ । ग्राहकवर्गले यस नम्बरमा सम्पर्क गरी आफ्नो खातामा रहेको ब्यालेन्स रकम, पछिल्लो ३ कारोबारको विवरण, बिभिन्न बैंकिङ्ग सेवाबारे जानकारीका साथै बैंकका प्रतिनिधिसँग आफ्नो जिज्ञासा, गुनासो, सल्लाह तथा सुझाव राख्न सक्नुहुनेछ । यो सेवा प्रयोग गर्दा ग्राहकहरुलाई कुनै पनि शुल्क लाग्ने छैन । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहक वर्गमा विशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ साथै आगामी दिनहरुमा यो सेवालाई अझ विस्तारित, सरल र सुलभ बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८८ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १८ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)