एन आई सी एशिया बैंक लिमिटेड र स्पायारो पे प्रा. लिबीच एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्गमार्फत् खल्ति वालेटमा लोड गर्दा १०% वा अधिकतम रु १०० सम्म क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताबमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्गमार्फत् खानेपानी, विद्युतलगायको बिल तिर्न, मोबाइल रिचार्ज गर्न तथा यातायातको टिकटको भुक्तानीलगायतका सुविधामा गर्न % क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका डिजिटल बिजनेस इन्चार्ज रोनक करवाज्यू र स्पायारो पे प्रा. लिको तर्फबाट स्पायारो पे का निर्देशक अमित अग्रवालज्यूले हस्ताक्षर गर्नुभयो । आश्विन ८ गतेदेखि आश्विन २३ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)