NIC Asia Bank and Lumbini City Hospital and Medical Sciences Pvt. Agreement between

एन आई सी एशिया बैंक लिमिटेड र लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साइन्स प्रा.लि बुटवल १०, रुपन्देहीबीच एन आई सी एशिया बैंकका कर्मचारी एवं बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रदेश प्रमुख श्री तिलक सुन्दर कार्की र लुम्बिनी सिटी अस्पतालको तर्फबाट अस्पतालका प्रमुख प्रशासकीय अधिकृत श्री लोकनाथ भुषालज्यूले हस्ताक्षर गर्नुभयो । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९९ शाखा कार्यालयहरु, ३४२ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४६ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) 
 

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading