एन आई सी एशिया बैंकले दशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटको चाडपर्वलक्षित निःशुल्क आन्तरिक रेमिट्न्यास सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्र्तगत एन आई सी एशिया रेमिटबाट दशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा नेपालभरी एक ठाँउबाट अर्काे ठाँउमा सित्तैमा आन्तरिक रेमिट्न्यास रकम पठाउन पाउने योजना सञ्चालन ल्याएको छ । उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ शाखा कार्यालयहरु, ७२ वटा विस्तारित काउण्टर, ४२ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सकिने छ । २०७६ असोज १४ देखि २०७६ कार्तिक १४ गतेसम्म लागू हुने योजनाबाट चाडपर्वहरुको समयमा ग्राहक महानुभावहरुले बिना झन्झट धेरै शाखा सञ्जाल भएको एन आई सी एशिया बैंकमार्फत् रकम पठाउन र प्राप्त गर्न सक्नुहने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ७२ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
सुधिर नाथ पाण्डे
प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)