NIC ASIA Debenture 2083.84 shrawan

एनआई सी एशिया बैंक लिमिटेडले आजमिति २०७६ श्रावण ६ गते सोमबारको दिन ‘ एन आई सी एशिया डिबेन्चर २०८३÷८४’ विक्रीको लागि सार्वजानिक आव्हन गरेको छ । १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रतिकित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने छ । जम्मा ऋणपत्रको निष्काशन रकम रु. ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवर ९एचष्खबतभ एबिअझभलत० मार्फत् निष्काशन गरिएको छ भने रु. ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिनेछ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति २०७६÷०४÷०९ देखि सर्वसाधारणको लागि विक्री खुला भई छिटोमा २०७६÷०४÷०९ तथा ढिलोमा २०७६÷०५÷०३ सम्म विक्री खुल्ला रहने छ । 

उक्त ऋणपत्रलाई Care Ratings Nepal लिमिटेडबाट (Low Credit Risk) जनाउने CARE-NP A ” ग्रेडिङ्गसाथै, इक्रा नेपाल लिमिटबाट ूृ"[ICRANP-IR] A- " (AdfOg;) (ICRA NP Issuer Rating A Minus) / Care Ratings Nepal ग्रेडिङ्ग प्रदान गरिएको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (NEPSE)मा सूचिकरण गरिनेउक्त ऋणपत्र नेपालको Debt Market को विकासको लागि एक महत्वपूर्ण कडि ९ःष्भिकतयलभ० हुने बैंकले विश्वास गरेको 


लिएको छ । हाल नेपालमा दीर्घकालीन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध 

रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालीन लगानीको लागि विरलै प्राप्त हुने 
उत्कृष्ट अवसर भएकोले यसबाट अत्याधिक फाइदा उठाउन सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछांै । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको कुलनिक्षेप करिब रू. १८१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १५१ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । १७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 


सुधिर नाथ पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकृत )
 

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading