एन आई सी एशिया बैंक लिमिटेडको एकल स्वामित्वको सहायक कम्पनी एन आई सी एशिया लघुवित्तको दोस्रो साधारणसभा सञ्चालक समितिका अध्यक्ष श्री अर्जुन राज खनियाज्यूको अध्यक्षतामा मिति २०७६÷०८÷२३ गते ट्रेडटावर थापाथली, काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५÷७६ को वित्तीय विवरण पारित गर्दै सर्वसाधारणलाई सार्वजनिक शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा केन्द्रीय कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई देशको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सुबिन काजी श्रेष्ठ
सहायक प्रमुख कार्यकारी अधिकृत(प्रमुख सूचना अधिकारी)