एन आई सी एशिया बैंकको VISA डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकको ATM मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा मिति २०७६÷०६÷१८ देखि नेपाल तथा भारतका VISA नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने ATM मेसिनहरुमा समेत संचालन हुने व्यवस्था मिलाइएको छ । बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीन पटक गरी हरेक पटक रु २०,०००÷ का दरले अधिकतम रु ६०,०००÷ रकमसम्म झिक्न सक्नुहुनेछ । यसै गरी भारतमा २४ घण्टामा दुई पटकमा गरीे हरेक पटक भा.रु. १०,०००÷ का दरले अधिकतम भा.रु. १५,०००÷ रुपैयाँसम्म झिक्न सक्नुहुनेछ ।
यससँगै यस बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु VISA नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका POS(Point of Sales) मेसिनहरुमा समेत चल्ने व्यवस्था यसअघि नै मिलाइएको छ । यस बीचमा प्राविधिक कारणले आदरणीय ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाका लागि बैंक क्षमाप्रार्थी छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ८३ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)