एन आई सी एशिया बैंक लिमिटेड र पठाओ नेपाल प्रा. लिबीच एन आई सी बैंकको ग्राहकहरुलाई पठाओको सुविधा उपयोग गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अन्र्तगत यस बैंकमा फ्रिडम टु ट्राभल योजनाअन्तर्गत एन आई सी एशिया बैंकका ग्राहकहरुले शुन्य मौज्दातमा खाता खोल्नुका साथै को ब्रान्डेड कार्ड प्रदान गरिने छ । उक्त कार्डवाहकले पठाओको सुविधा उपयोग गर्दा बैंकको विभिन्न सुविधाहरु सहज रुपमा उपयोग गर्न सक्नुहुनेछ । पठाओको राइडरले चालकको फोनमा मोबाइल बैंकिङ्गमार्फत क्यु आर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नुहुनेछ साथै रु ३ लाख देखि ५ लाख सम्मको दुर्घटना बिमा,
गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र पठाओ नेपालको तर्फबाट प्रादेशिक निर्देशक श्री असीममान सिंह बस्न्यातज्यूले हस्ताक्षर गर्नुभयो ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)