कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एन आई सी एशिया बैंकले Covid-19 संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ । विश्वमा पहिलोपटक Covid-19 संक्रमणको जोखिम भेटिएदेखि नै नेपालमा हुनसक्ने जोखिमको परिकल्पना गर्दै विशेष सावधानीका साथ बैंकले ग्राहक महानुभावहरूलाई आफ्ना सेवा तथा सुविधा प्रदान गरिरहेको छ । ग्राहक महानुभावहरू तथा कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहक महानुभावहरूको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको छ ।
क. ग्राहक महानुभावहरूमा अपनाईएका सुरक्षाका उपायहरूः
ख. एटिएममा अपनाईएका सुरक्षाका उपायहरूः
ग. कर्मचारीवर्गहरूमा सुरक्षाको निम्ति अबलम्बन गरिएका उपायहरूः
यस्तो जोखिमको अवस्थामा पनि कर्मचारी वर्गहरूले देखाउनुभएको सेवाको तत्परताले ग्राहक महानुभावहरूलाई जस्तोसुकै अप्ठ्यारोमा पनि बैंक सेवा प्रदान गर्न तयार रहेको देखाएको छ । साथै, Work From Home को व्यवस्थाले लकडाउनको अवस्थामा पनि कर्मचारीवर्गहरूले आफ्नो घरमै बसेर ग्राहक महानुभावहरूलाई निरन्तर सेवा दिइरहनुभएको छ ।
बैंकले आंशिक रुपमा शाखा कार्यालयहरू सुचारु गरिरहेको अवस्था भएपनि नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई कार्यान्वयका लागि सघाउ पु¥याउनका लागि बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ ग्राहक महानुभावहरूलाई घरबाट बाहिर निस्कन नपर्ने गरि कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । जसका लागि विद्युतीय बैंकिङ्गबाट गरिने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था बैंकले गरिसकेको छ । ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधाका साथै कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा QR सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न पनि सक्नुहुन्छ । साथै, नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिसकेको छ ।
यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरकेो छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
सुधिरनाथ पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
Download file for full story:
Download