एन आई सी एशिया द्वारा COVID-19  महामारीबीच बैंकिङ्ग सेवाहरू सुचारु गर्न केन्द्र तथा प्रदेशस्तरमा  ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था

COVID-19 को महामारीले देशका अधिकांश भुभागमा असर गरिरहेको हुँदा स्थानीय प्रशासनहरूले महामारीको जोखिमलाई कम गर्न मुलुकका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको वर्तमान परिप्रेक्ष्यबाट आदरणीय ग्राहक महानुभावहरूमा पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै यस एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको व्यहोरा ग्राहक वर्गहरूमा जानकारी गराउँदछौं । यस असहज अवस्थाका बीच ग्राहक महानुभावहरूको सुविधाका लागि आईतवार देखि बिहिवार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सीमित शाखाहरूमार्फत अत्यावश्यक बैंकिङ्ग सेवा दिईनेछ र उक्त सेवा दिने शाखाहरूको जानकारी दैनिक रुपमा यस बैंकको वेबसाइट www.nicasiabank.com तथा सामाजिक सञ्जालमार्फत गराइने व्यहोरा जानकारी गराउदछौं । 

यस परिस्थितिका बीच बैंकले आफ्ना सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ । ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, HELP टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गर्दछौं । यसका साथै ग्राहक महानुभावहरूले विभिन्न खालका बैंकिङ्ग गतिविधिहरू गर्दा आइपर्न सक्ने समस्यालाई ध्यानमा राख्दै बैंकले निम्नलिखित ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ ः

क्र.सं. कर्मचारीको नाम मोबाइल नं. क्षेत्र
गोविन्द खनाल ९८५११९५९११

मोबाइल/इन्टरनेट बैंकिङ्ग 

Dormant Activation

समाजिक सुरक्षा भत्ता

बिमल लुईटेल ९८५११३६०६६    
पुनम रेग्मी ९८४९६३५४३३

शिव बस्नेत

९८४३१०५३९८

 

एटिएम कारोबार

रबिन दनुवार ९८६०१८१०४८

पाण्डव पराजुली ९८५११०६७६८

डिजिटल च्यानल सपोर्ट (Card/Connect IPS/Merchant Payment/Wallet Load)

एटिएम कार्ड 

नारायणी श्रेष्ठ ९८४१२१९०५६

प्रकाश बराल ९८४१६७५४२३

सौरभ प्रधान ९८५१२२१७२६

Online Account Opening / Fixed Deposit

१०

रबिना मानन्धर ९८४९२१७११०

११

चाँदनी राज दली

९८५१२३५६३९

प्रतितपत्र र बैंक ग्यारेन्टी

१२

गोमा खतिवडा ९८४३०४५३४५

रेमिट्यान्स; (TT/ DD/ RTGS)

१३

रक्षा शर्मा ९८४१४२७२८९    

 

केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने भएकोले बैंकले केन्द्रीयको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ लाई सोच बदलेर प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कर्मचारीसहितको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ । यस्ता प्रादेशिक एवं उपप्रादेशिक तहको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को विवरण बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा अध्यावधिक गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आफ्ना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ डिजिटल बैंकिङ्गलाई जोड दिइरहेको छ । यस बैंकको मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि गर्न सक्नुहुनेछ । साथै, घरमै बसी खाता खोल्ने, कर्जाको आवेदन दिने जस्ता सुविधा पनि बैंकले वेबसाइटमार्फत दिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु उचित देखिएकाले सकेसम्म ग्राहक महानुभावलाई विद्युतीय माध्यमबाट भुक्तानीको काम गर्न बैंक प्रोत्साहन गर्दछ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा QR सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि गर्न सक्नुहुनेछ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।  २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

सुधिर नाथ पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

Download file for full story:

Download
NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading