एन आई सी एशिया बैंकको ‘QR Refer and Earn’ योजना

अतुलनीय तथा असिमित सुविधाहरू सहित देशभर फैलिएका शाखा तथा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न योजनाहरू ल्याउने क्रममा नयाँ QR मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘QR Refer and Earn’ योजना ल्याएको छ । यस बैंकका QR मर्चेन्ट तथा ग्राहक महानुभावहरूले २०७७ भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्नुहुनेछ । यस योजनामा बैंकसँग रहनुभएका QR मर्चेन्ट एवं ग्राहक महानुभावहरूले उक्त २ महिनाको अवधीमा नयाँ QR मर्चेन्ट रिफर गरी उक्त नयाँ QR मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर QR मा आबद्ध भएमा रिफर गर्ने QR मर्चेन्ट एवं ग्राहक महानुभावहरूलाई बैंकले प्रति रिफर मर्चेन्ट रू. ७५० खुद रकम प्रदान गर्नेछ । साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी QR मर्चेन्टहरू बैंकमा आबद्ध गराउने  १० जनालाई थप जनही रू. ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै QR Payment बाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई Cashless Economy बनाउन सहयोग पुर्याउन यस योजनालाई बैंकले अगाडी बढाएको हो ।  डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम  कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर १५ हजार भन्दा बढी QR मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।
यस बाहेक बैंकले हाल प्रत्येक हप्ता ‘ह्याप्पी आवर’ योजना सफलतापूर्वक सञ्चालन गरिरहेको छ । जसमार्फत प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा थप ५ प्रतिशत रकम फिर्ता प्राप्त गर्न सक्नुहुन्छ । त्यसैगरी ‘सुपर सिक्स योजना’ मार्फत ग्राहक महानुभापहरूले भाद्र २७ गतेसम्म मोबाइल बैंकिङ्गबाट हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्नुहुन्छ । डिजिटल फष्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहक महानुभावहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत्बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलोशाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Download file for full story:

Download
NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading