एन आई सी एशिया बैंक लिमिटेड र सस्तो टिकटस् प्रा. लिबीच एन आई सी एशिया बैंकका ग्राहकहरुले सस्तोमा अनलाईन टिकटहरु बुक गरी कनेक्ट आई पी एसको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गमार्फत फोन पे एप तथा सस्तो टिकटकै वेभसाईटमार्फत्् एन सी एच एल–कनेक्ट आईपीएसको माध्यमबाट हवाई टिकट र होटलको बुकिङ सुपथ मूल्यमा गर्न सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र सस्तो टिकट्स प्रा. लिको तर्फबाट अध्यक्ष श्री सम्राट दहालज्यूले हस्ताक्षर गर्नुभयो ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)