Sasto Ticket Nepal & NIC ASIA Bank agreement

एन आई सी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रा. लि.बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटस्का ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गलगायत एन सी एच एल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईनमार्फत् भुक्तानी गर्न सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र सस्तो टिकेटस् प्रा. लि.को तर्फबाट अध्यक्ष श्री सम्राट दाहालज्यूले हस्ताक्षर गर्नुभयो । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

अर्जुन राज खनिया
नायव प्रमुख सूचना अधिकारी
 

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading