चमत्कारीक बचत खाता

2018-11-06

आफ्ना दुई उत्कृष्ट चमत्कारीक सवारी कर्जा तथा चमत्कारीक घरजग्गा कर्जाले ग्राहक महानुभावहरुबाट प्राप्त भएको उल्लासमय लोकप्रियता तथा यस्तै थप योजनाको अपेक्षालाई मध्येनजर गदै शुभ दिपावलीको पावन अवसरमा नेपाली नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारीक बिशेषताहरु भएको बचत खाता “चमत्कारीक बचत खाता” संचालनमा ल्याएको छ । 
यस बचत खाताका चमत्कारीक विशेषताहरुः
१. ७ % वार्षिक ब्याजदर 
२. न्युनतम मौज्दात रु १०००
३. दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी
४.इलष्लिभ बाट शुन्य मौज्दातमा खाता खोल्न सकिने
५. वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार छन् 
उपहारहरु ः
१. १० ग्राम चाँदीको सिक्काः 
यस बचत खाता खोलेपछि ग्राहक महानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.१००,००० भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।  
२. २५ ग्राम चाँदीको सिक्का ः
यस बचत खाता खोले पछि ग्राहक महानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.२००,००० भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।  

३. २.५ ग्राम सुनको सिक्का ः
यस बचत खाता खोले पछि ग्राहक महानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु. १५,००,००० भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।  
४. ५ ग्राम सुनको सिक्का ः
यस बचत खाता खोले पछि ग्राहकमहानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु. ३०,००,००० भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ । 
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 


सुधिर नाथ पाण्डे
सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)

Top