एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा
28.12.2018
एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोक शाखाको एन आइ सी एशिया बंैकका संचालक श्री राजेन्द्र प्रसाद अर्यालज्यू तथा बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक श्री बिमल राज खनालज्यूबाट आज मिती २०७५ आश्विन २४ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।