सोच बदलौं ... भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजा

04.11.2018

आदरणीय ग्राहक महानुभावहरूको चाहनाअनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एन आई सी एशिया बैंक लिमिटेडले नेपालीहरूको चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको सबैलाई अवगत नै छ । यसै क्रममा यस बैंकले आउँदै गरेको शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं ... भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई रू.१०० को बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटिकाको उपलक्ष्यमा ग्राहक महानुभावहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको ःय(द्यबलप बाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकम प्राप्त गर्नुहुनेछ । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ । 
हाम्रा ग्राहक महानुभावहरूलाई ‘सोच बदलौं ... भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने योजनामा सहभागी भई ःय(द्यबलप बाट दक्षिणा रकम ट्रान्सफर गरी रू. १०० बोनस प्राप्त गर्न हुन अनुरोध गर्दछौं ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

सुधिर नाथ पाण्डे
सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)

NIC ASIA