एन आई सि एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघं, नेपाल बिच बैकिंग सेवा साझेदारी सम्झौता

2018-11-04

नेपाल सरकारले आगामी तिन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने र पाँच वर्षभित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउँने भन्ने निति एंव कार्यक्रम रहेको छ । यसरी सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त प्रयासवाट मात्र सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउन संभव हुन्छ । 
यसै सन्दर्भमा सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको निमित्त मिति २०७५ कार्तिक १८ गतेका दिन सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र एन आई सि एशिया बैंक बिच बैकिंग साझेदारको लागी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघं, नेपालको तर्फवाट अध्यक्ष श्री नारायण ज्ञवालीज्यू र एन आई सि एशिया बैंकको तर्फवाट बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता बमोजिम एन आई सि एशिया बैंकले आफ्ना  देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिंग स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ । यस सम्झौता मार्फत  समुदायको बंैकिंग शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्न र निम्न आय भएका समुदायहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 


सुधिर नाथ पाण्डे
सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)

Download file for full story :

एन आई सि एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघं, नेपाल बिच बैकिंग सेवा साझेदारी सम्झौता

Top