लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता

18.11.2018

एन आई सी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री अभिजित घोष दस्तिदरले हस्ताक्षर गर्नुभयो । 
NIC ASIA