तिहार र छठको अवसरमा एन आई सी एशिया रेमिटले ल्यायो थप सुविधा ।

22.11.2018

ग्राहक महानुभावहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले तिहार छठको अवसरमा .थप सुविधा ल्याएको छ । अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ । एन आई सी एशिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै समस्त आदरणीय ग्राहक महानुभावहरुलाई नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यस सुविधा कात्र्तिक र मङ्सीर महिना सम्मको लागि लागू हुने छ । यो सुविधाबाट चाडपर्वहरुको समयमा ग्राहक महानुभावहरुले पैसा पठाउदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरीकाबाट ठूलो सञ्जाल भएको यस बैंक मार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । साथै यस योजना २०७५ साल कार्तिक १८ गते देखि २०७५ साल मङ्सीर २९ गते सम्म लागूहुने छ ।
NIC ASIA