एनआई सी एशिया बैंककोनयाँशाखासप्तरीकोराजविराजमा

2019-03-10

एनआई सी एशिया बैंक लि.को राजविराजनगरपालिका वडा नं ८, सप्तरी स्थित राजविराजशाखाकोराजविराजनगरपालिकाकानगर प्रमुखश्री शम्भु प्रसाद यादवज्यूबाटआजमिति २०७५ फाल्गुण२६गते भव्य समारोहकाबिच समुद्घाटन सु–सम्पन्नभयो ।उक्तशाखाको उद्घाटन समारोहमानगर प्रमुखश्री यादवज्युले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गर्नुभयो।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथाकर्जा रू. १४९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १४ लाख ५०हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।

सुधिर नाथ पाण्डे
नायबप्रमुखकार्यकारी अधिकृत (प्रमुखसुचनाअधिकारी)

Download file for full story :

एनआई सी एशिया बैंककोनयाँशाखासप्तरीकोराजविराजमा

Top