एन आई सी एशिया बैंक र अल्का अस्पताल प्रा.लि बीच सम्झौता

15.05.2019

एन आई सी एशिया बैंक लिमिटेड र अल्का अस्पताल प्रा.लि, काठमाडौं बीच बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकवर्गले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री सन्तोष कुमार राठीज्यू र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक श्रीमती विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानज्यूले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

NIC ASIA