एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच रेमिटेन्स सम्झौता

07.05.2019

एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम यस बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र सुलभ रुपमा ग्राहक महानुभावहरूले भुक्तानी पाउने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यू तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक श्री राजन कुमार अमात्यज्यूले हस्ताक्षर गर्नु भयो ।

NIC ASIA