एन आई सी एशिया बैंक र स्पार्क हेल्थ होम प्रा.लि बीच सम्झौता

14.05.2019

एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रा.लि,काठमाडौं बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री सन्तोष कुमार राठीज्यू र हेल्थ होमको तर्फबाट स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक श्री हरि शरण रिजालज्यूले हस्ताक्षर गर्नुभयो ।

NIC ASIA