एन आई सी एशिया बैंक लि.कोे थप शाखारहित बैंकिङ सेवा संचालनमा

26.05.2019

एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोहि क्रममा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३, रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा यही जेष्ठ १० गतेबाट संचालनमा ल्याइएको छ । बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ सेवाको समुद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख श्री विवेक बन्धु न्यौपानेज्यूले गर्नुभयो । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा श्री उमेश कुमार यादवज्यूलाई नियुक्त गरिएको छ ।

NIC ASIA