एन आई सी एशिया बैंक र किष्ट हस्पिटलबीच सम्झौता

29.05.2019

एन आई सी एशिया बैंक लिमिटेड र किष्ट हस्पिटल, काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख बजार व्यवस्थापन अधिकृत श्री दीपक ढकाल र किष्ट हस्पिटलको तर्फबाट हस्पिटलका नायव निर्देशक श्री सुरज बज्राचार्यज्यूले हस्ताक्षर गर्नुभयो ।

NIC ASIA