Skip to main content

एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना

04.06.2019

ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई सी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

NIC ASIA